पूर्वमन्त्री प्रभु साहले राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको बताएका छन् । बुधबार कटहरिया बजारको सरसफाइपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेता साहले आफैभित्र रहेको राजनीतिक फोहोर नहटेसम्म सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा नहुने धारण राखे । पूर्वमन्त्री साहले देशमा दूषित राजनीति, कुशासन र ब्यापक भ्रष्टाचार बढेको बताउँदै राजनीतिक भागबन्डाको अन्त हुनुपर्ने बताए ।उनले स्थानीय व्यापारी, राजनीतिकर्मी, कर्मचारी र जनता सबै मिलेर समृद्धिका लागि