काठमाडौं : नेपालमा हालसम्म ५३ लाख नेपाली स्वास्थ्य बिमामा आबद्ध भएका छन्। सरकारी तवरबाट ६ वर्षअघि सुरु गरिएको स्वास्थ्य बिमामा हालसम्म ५३ लाख ४ हजार २७० जना नेपाली आबद्ध भएका हुन्।सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न २०७२ चैत २५ बाट स्वास्थ्य बिमा कार्यक्रम संचालन गरेको थियो।कैलालीबाट सुरु गरिएको यो कार्यक्रम अहिले ७७ जिल्ला र ७४५ स्थानीय तहमा यो सुरु भइसकेको छ। काठमाडौं र ललितपुरका गरी विभिन्न आठवटा स्थानीय तहमा भने यो स्वास्थ्य बिमा कार्यक्रम लागू भएक