जुम्ला – जुम्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लक्ष्मणबहादुर शाहीले सबै नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता गर्नुभएको छ । उहाँले गाउँपालिकाको पहिलो निर्णय सबै नागरिकको स्वास्थ्य सहज गर्न नि:शुल्क स्वास्थ्य बिमा गर्ने बताउनुभयाे ।
यस्तै, नमूनाका लागि भैरव आधारभूत विद्यालयमा अंग्रेजी शिक्षा शुरु गर्ने, सबै वडा, स्वास्थ्य संस्था, प्रहरी चौकीमा फ्री वाईफाई तथा सीसी क्यामरा जडान गर्ने, ज्येष्ठ नागरिक,गर्भवती महिला, विपन्न, अपांगता भएका व्यक्तिका लागि नि:शुल्क एम्बुलेन्स स...