पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकको स्वास्थ्य बिमा गर्ने भएको छ। आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाभरिका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने उल्लेख छ।आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रम कार्यान्वयनमा आउने छ। पाँचजनाको एक परिवारका लागि बिमा खर्च ३ हजार ५०० लाग्ने छ। उक्त रकम गाउँपालिकाले ब्योहोर्ने भएको हो। पहिलो चरणमा अति विपन्न, दलित, अल्पसंख्यक, सिमान्तकृत, एकल महिला, हाल कोरोनाबाट मृत्यु भएका र संक्रमितको परिवारको बिमा गरिने गाउँपालिका अध्यक्ष खिमबहा