तीन हजार सात सय ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा

काभ्रेपलाञ्चोक – यहाँको रोशि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात सय ज्येष्ठ नागरिकको बिमा गर्न अभियान सञ्चालन गरेको छ। निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको बाह्रैवडामा अभिकर्तासमेत परिचालन गरिएको छ। गाउँपालिकाले प्रत्येक वडामा एक अभिकर्ता परिचालन गरी कार्यक्रम सुरु गरेको हो। हाल जनगणना, २०७८ को प्रारम्भिक तथ्याङ्कमा सूचीकृत भएका गाउँपालिकाको तीन हजार सात […]