मानवीय जीवनका अनेक भोगाइ र संवेदनालाई रंगमञ्चमा नयाँ रुपमा उतार्न माहिर छन्, रंगकर्मी सुदाम सिके । उनकै निर्देशनमा रहेको ‘ऐया ! माया’ नाटक यतिबेला टेकुस्थित कौसी थिएटरमा मञ्चन सुरु भएको छ । नाटकमा तत्कालीन समय, परिस्थिति र व्यवस्थाले उब्जाएको मानसिक आवेग र छटपटीलाई प्रस्तुत गरिएको छ । यसमा समाज, राजनीति, व्यवस्था, परम्परा, मानवीय अभ्यासलाई शब्दभन्दा शरीरको लय र संगीतले बुझाउने प्रयत्न गरिएको छ ।