बाँके – प्रहरीलाई 'ब्ल्याकमेकिङ' गरेर रकम असुल्न खोज्ने एक जना अनलाइनकर्मी नेपालगञ्जबाट पक्राउ परेका छन् । एबीपी क्राइम न्यूजको संवाददाताको परिचयपत्रधारी राजन वैश्यलाई जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीवार पक्राउ गरेको हो । वैश्यले प्रहरीलाई होटलमा बोलाएर पैसा लिइरहेको भिडियो आफूसँग रहेको भन्दै एक लाख ६० हजार रुपैयाँ माग गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । वैश्यले सीमा क्षेत्रमा कार्यरत प्रहरीलाई ब्ल्याकमेलिङ गर्न खोजेको...