काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले गभर्नरलाई २४ घण्टाभित्र राजीनामा दिन चेतावनी दिदै नदिए थप आन्दोलन चर्काउने घोषणा गरेका छन्। कार्यक्रम शान्तिपूर्ण रहेको र गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताइएको छ।आइतबार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अनेरास्ववियू अखिल क्रान्तिकारीले बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्। गभर्नर अधिकारी नेकपा एम