बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयका रुपमा अग्रसर भइरहँदा विभिन्न विद्यार्थी संगठनले महानौँदेखि लगाएको तालाबन्दी खुलाउन भने ठोस पहल भएको छैन । क्याम्पस प्रमुखको कार्यकक्षसहित चार ठाउँमा लामो समयदेखि ताला झुन्डिरहेका छन् । २०७८ साउन ८ गते नेविसंघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) र विप्लव निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीले क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका थिए ।तालाबन्दीका कारण क्याम्पस प्रमुख तारानाथ शर्मा अहिले लाइब्रेरीको