गभर्नर अधिकारीको राजीनामा माग, बालुवाटार घेराउ गर्ने तयारी

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् ।  दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल (क्रान्तिकारी)ले घेराउ र विरोध […]

सम्बन्धित सामग्री

गभर्नरविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेपपछि झडप [तस्बिरहरु]

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आन्दोलित विद्यार्थी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । विवादित गभर्नर अधिकारीको राजीनामा माग गर्दै आइतबार बालुवाटारस्थित नेपाल रास्ट्र बैंकको गेटमा घेराउ गर्न पुगेका सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट नेविसंघ र अखिल (क्रान्तिकारी)का विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुले निषेधित क्षेत्र तोडेपछि सामान्य झडप भएको हो । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन्। पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए।...