सिमकोट– नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी निकट विद्यार्थीहरुले हुम्लामा सिठी जुलुस निकालेका छन्। सरकारले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उनीहरुले सिटी जुलुससहित प्रदर्शन गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधानमाथि हमला गरेको विरोधमा सिठी जुलुस निकालेको नेविसंघका जिल्ला अध्यक्ष धर्मराज जोशीले बताए। नेपाली जनताले ठूलो मूल्य चुकाएर आर्जन […]