आरएमडीसी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, ८ असार २०७८)

कम्पनीको शेयर मूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा सोमबार २५ रुपैयाँले कमी आएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार २९० मा झरेको हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. २० करोड ५३ लाख ३० हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. १५ करोड १४ लाख नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा ३५ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रु. २६ दशमलव ४७ रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई यस वर्ष १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र पुच्छरसहितको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ३७ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३५ दशमलव ९६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा काटेर तल झरेको छ । सोमबारको शेयर मूल्य रु. १ हजार २९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार २६८ मा टेवा पाउने र महँगिए रु. १ हजार ३४५ मा प्रतिरोध पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

लघुवित्तको वित्तीय सेयर रजिष्ट्रार सम्बन्धी काम सनराइजले गर्ने

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्जर भएको छ। मर्जरपश्चात् साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ।...

आरएमडीसीको २६ प्रतिशत बोनस शेयर पारित

आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.को २४औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभाको सभापतित्व संस्थाका अध्यक्ष सुजाता जोशीले गरेकी हुन् । उक्त सभाले संचालक समितिका अध्यक्ष जोशीले प्रस्तुत गरेको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदनसहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको हो । अध्यक्ष जोशीले आ.व.२०७८/०७९ को वार्षिक […]

साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर

लघुवित्त संस्थाहरु क्रमश: साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी […]

साना किसान र आरएमडीसी लघुवित्त मर्ज हुने

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । दुवै संस्थाको छिट्टै साधारणसभा गरी पुससम्म एकीकृत साधारणसभा हुने भएको छ । मर्जरका लागि साना किसानका तर्फबाट उमेश लम्साल र आरएमडीसीका तर्फबाट भुपेश छट्कुलीले हस्ताक्षर गरेका छन् ।

आपसमा गाभिए साना किसान विकास र आरएमडीसी लघुवित्त

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था गाभिएका छन् । एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र  ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृत बन्नेछन् । साथै, दुवै संस्थाका संस्थापक समूहबाट २-२ जना, सर्वसाधारण समूहबाट १-१ जना र १ जना स्वतन्त्र सञ्चालक

दुई कम्पनीको शेयर आजबाट लिलामीमा विक्रि खुल्ला

काठमाडौं, १४ बैशाख । दुई कम्पनीको संस्थापक शेयर आजदेखि विक्रि खुल्ला हुने भएको छ । आजदेखि बैंक अफ काठमाडुको स्वामित्तमा रहेका आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला हुने भएका हुन् । बैंकले छिमेक लघुवित्तको २ लाख कित्ता र आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता शेयर विक्रि […]

दस वटा बैङ्क तथा वित्तीय संस्था मर्जरमा

असार महिनामा १० वटा बैङ्क तथा वित्तीय संस्था मर्जरमा जाने भएका छन् भने पाँच वटाको अस्तित्व सकिने भएको छ । गत आइतबार अर्थात् असार २४ गते साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।