साना किसान र आरएमडीसी लघुवित्त मर्ज हुने

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । दुवै संस्थाको छिट्टै साधारणसभा गरी पुससम्म एकीकृत साधारणसभा हुने भएको छ । मर्जरका लागि साना किसानका तर्फबाट उमेश लम्साल र आरएमडीसीका तर्फबाट भुपेश छट्कुलीले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित सामग्री

लघुवित्तको वित्तीय सेयर रजिष्ट्रार सम्बन्धी काम सनराइजले गर्ने

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्जर भएको छ। मर्जरपश्चात् साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ।...

साना किसान र आरएमडीसी लघुवित्तको शेयर कारोबार आइतवारदेखि रोक्का

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार असार २४ गते (आइतवार)देखि रोक्का भएको छ । दोस्रो बजारमा सूचीकृत यी कम्पनीहरूले मर्जर प्रक्रिया पूरा गरी असार २४ गतेदेखि एकीकृत कारोबार शुरू गरेकाले शेयर कारोबार बढीमा १५ कारोबार दिनका लागि रोक्का गरिएको हो । मर्जर तथा प्राप्तिसम्बन्धी पछिल्लो व्यवस्था अनुसार एकीकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रोक्का गरिदिएको हो । दुई कम्पनी एक भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् । यी दुई कम्पनीबीच गत भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक बराबर शून्य दशमलव ८७ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते दुवै कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् । हाल आरएमडीसी लघुवित्तको चुक्ता पूँजी रू. १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार छ भने साना किसान लघुवित्तको चुक्ता पूँजी रू. १ अर्ब ९७ करोड ११ लाख ६१ हजार छ ।

साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का

काठमाडौं । मर्जरमा गएका साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार असार २४ गतेदेखि १५ दिन रोक्का रहने भएको छ ।  यी दुई कम्पनी मर्ज भई ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था’को नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार गर्दैछन् । सोही कारण दुई कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै संयुक्त मर्जर समितिले नेप्सेलाई पत्र लेखेको हो ।  यी दुई कम्पनीको मर्जरका लागि नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डले असार ४ गते अन्तिम स्वीकृति दिएका थिए । दुई कम्पनी १००ः८७ शेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । हेर्नुस् सूचना

असार २४ देखि एकीकृत कारोबार गर्दै साना किसान र आरएमडीसी लघुवित्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार २४ देखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी एक भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । यी दुई कम्पनीबीच गत भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।  साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक बराबर शून्य दशमलव ८७ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते दुवै कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् ।  मर्जर प्रयोजनका लागि असार २२ देखि २४ गते बिहान ९ बजेसम्म दुवै कम्पनीको सम्पूर्ण वित्तीय कारोबार बन्द रहने जानकारी कम्पनीहरूले गराएका छन् । हाल आरएमडीसी लघुवित्तको चुक्ता पूँजी रू. १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार छ भने साना किसान लघुवित्तको रू. १ अर्ब ९७ करोड ११ लाख ६१ हजार छ । एकीकृत कारोबार गरेको दिनदेखि दुवै सूचीकृत कम्पनीको शेयर कारोबार बढीमा १५ कारोबार दिन रोक्का हुनेछ ।

साना किसान र आरएमडीसी लघुवित्तलाई एक आपसमा मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् । राष्ट्र बैंकले जेठ २४ गते यी दुई कम्पनीलाई एक आपसमा गाभिने अन्तिम स्वीकृति प्रदान गरेको हो । साना किसान र आरएमडीसी लघुवित्तले गत भदौ ३१ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनीले १ः०.८७ शेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका हुन् ।

नेप्सेमा दुई लघुवित्तको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ ।साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।यी दुई लघुवित्तबीच १००:८७ को अनुपातमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मर्जरपछि बन्ने संस्थाको पुँजीकोष सात अर्बभन्दा बढी हुनेछ ।

साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर

लघुवित्त संस्थाहरु क्रमश: साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी […]

निलम्बित प्रधानन्यायाधीशसँग पूरक प्रश्नको बयान सम्पन्न

काठमाडौं।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक प्रश्नको बयान सम्पन्न गरेको छ।मिटर ब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति भएको छ।अछाम पहिरोमा परि मृत्यु हुनेको संख्या २२ पुगेको छ।साना किसान र आरएमडीसी लघुवित्त मर्ज हुने भएको छ।नवौँ राष्ट्रिय खेलकुदका पदक विजेतालाई सम्मान गर्ने घोषणा भएको छ।

आपसमा गाभिए साना किसान विकास र आरएमडीसी लघुवित्त

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था गाभिएका छन् । एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र  ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृत बन्नेछन् । साथै, दुवै संस्थाका संस्थापक समूहबाट २-२ जना, सर्वसाधारण समूहबाट १-१ जना र १ जना स्वतन्त्र सञ्चालक