कर्जा सुरक्षण कोषले आरएमडिसी र ग्रामीण विकासको संस्थापक सेयर बिक्री गर्दै, असोज १४ सम्म म्याद

काठमाडौं। आरएमडीसी लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर निक्षेप तथा कर्जा सुरक्षण कोषले बिक्री

सम्बन्धित सामग्री

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ – मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २ हजार २५४ कित्ता संस्थापक सेयर कात्तिक १ गतेदेखि लिलामीमार्फत बिक्री गर्ने जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो प्राथमिकता कम्पनीका संस्थापक सेयरधनीहरूलाई दिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा आईपुग्ने […]

आशा लघुवित्तको तीन लाख कित्ता संस्थापक सेयर बिक्री खुला

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले मंगलबारदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ। लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ। यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन […]

आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

आशा लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३९५ रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्न

साथी पार्टनसले १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

साथी पार्टनर्स लिमिटेडले पुँजी बृद्धिको लागि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले चालु आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पुँजी पु¥याउने उद्देश्यसहित १० लाख कित्ता संस्थापक सेयर आन्तरिक रुपमा बिक्री गर्ने भएको हो । यसका लागि कम्पनीले व्यवसायिक सोच भएका व्यक्तित्वहरूलाई जोड्ने योजना बनाएको कम्पनीका संस्थापक अध्यक्ष तथा साथीमार्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर पोखरेल जानकारी दिए ।‘२०८०÷८१ भित्र कम्पनीको कुल चुक्ता पुँजी एक अर्ब ५० करोड पु¥याउने लक्ष्य छ ।

७८ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एचआइडीसीएल

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले ७८ लाख ९ हजार कित्तामाथि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि बिक्री गरेर बाँकी रहेको ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः बिक्री गर्न लागेको हो । उक्त सेयर यहीँ साउन १५ गतेदेखि २९ गतेसम्म बिक्री खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर बिक्री, लिलामी खुल्ला गरेको थियो । जसमध्ये ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिक्री भएको थियो ।

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्री खुला

काठमाडौं, ५ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका संस्थापक सेयरधनी माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो […]

लक्ष्मी बैंकको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

लक्ष्मी बैंक लिमिटेडको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला भएको छ । बैंकले शुक्रबारदेखि आफ्नो विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको कुल ३ लाख ३० हजार २०० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । इच्छुक संस्थापक सेयरधनीहरुले थप सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । पहिलो प्राथमिकता संस्थापक सेयर धनीहरुलाई नै दिएको बैंकले संस्थापकबाट खरिद नभएमा अन्य बाह्य व्यक्ति तथा संस्थाहरुलाई समेत सेयर बिक्री गर्न सकिने जनाएको छ । लगानीकर्ताले बैंकको प्रधान कार्याल

स्वाभिमान लघुवित्तको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ – स्वाभिमान लघुवित्तले करिब एक लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ। लघुवित्तले सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनी दिने जनाएको छ। राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ। इच्छुक संस्थापक सेयरधनीहरुलाई लघुवित्तले सूचना प्रकाशित भएको ३५ दिनभित्र […]

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक

काठमाडौं। प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा गर्ने भएको छ। बैंकका अनुसार सेयर संस्थापक तथा सर्वसाधारण सेयरधनीका लागि बिक्री गर्न लागिएको हो। बैंकले प्रतिकित्ता २१० रुपैयाँका दरले कुल दुईलाख दुईहजार १८६ कित्ता सेयर बिक्री गर्ने जनाएको छ। लगानी गर्न चाहनेहरुले २१०देखि माथिको मूल्य तय गरेर साउन २९ गतेसम्म आवेदन दिनुपर्ने बैंकले बताएको छ। बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो।