साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था गाभिएका छन् । एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृत बन्नेछन् । साथै, दुवै संस्थाका संस्थापक समूहबाट २-२ जना, सर्वसाधारण समूहबाट १-१ जना र १ जना स्वतन्त्र सञ्चालक