संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस मसान्तसम्म खरिदारको सरुवामा रोक लगाएपनि केही कर्मचारीले पुरानो मिति ब्याक डेट राखेर सरुवा गर्न दबाब दिएका छन् ।
लामो समय सुगममा बसेका खरिदारका लागि कर्मचारी लोकसेवाले बढुवा गर्ने सूचना गर्ने केही दिनअघि दुर्गममा सरुवा भएर बढुवा हुने प्रवृत्ति मौलाएको छ ।
यसलाई निरुत्साहित गर्न मन्त्रालयले केही दिनअघि खरिदारको सरुवा रोकेको थियो । ‘केही कर्मचारीले सोर्स लगाएर पुरानो मितिमा सरुवा गर्न दबाब दिइरहेका छन् ।’, सामान्यका एक अधिकारीले भने, ‘ठूलो दबाब आएपनि...