सामाजिक सञ्जालमा केही फलोअर्स भएकै कारण स्वघोषणा गरेर अभियन्ता बनेकाहरूबाट पछिल्लो समय सुरक्षा निकायसहित राज्यका हरेक निकाय हैरान छन् ।
सामाजिक सञ्जाल र युट्युबमा चर्को स्वरमा गाली गरेको भरमा चन्दा उठाएर केही पीडितलाई सहयोग गरेपछि उनीहरूले आफूलाई अभियन्ता घोषणा मात्र गरेका छैनन्, जताततै आफ्नो कथित पावर र रवाफ देखाउन थालेका छन् ।
ड्युटीमा खटिएका प्रहरीलाई थर्काउँदै सरुवा गरिदिने धम्की दिएको भिडियो केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
छापामार शैलीमा सरकारी कार्यालयमा छापा हान्ने, प्रहरीले अनुसन्धान गर...