काठमाडौं : सुशासनको चर्को नारा लगाएको वर्तमान सरकारले भनसुनको आधारमा कर्मचारी सरुवा गर्ने र काजमा खटाउने गर्दा स्थायी सरकार भनिने सरकारी प्रशासन क्षेत्र भद्रगोल बन्न पुगेको छ। सुशासनको नारा लगाएर चर्चा कमाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै मन्त्रालयमा काज सरुवाको विकृतिलाई बढावा दिएका हुन्। अनियमितता, भ्रष्टाचार र विकृति रोकेर सुशासन कायम गर्ने बताएका मन्त्री श्रेष्ठकै मन्त्रालयमा नीति नियमविपरीत काजमा कर्मचारी भद्रगोल बनाइएको छ।यसले गर्दा दरबन्दी भएका विभिन्न विकट जिल्लामा