कोरियामा सीप सिकेर नेपालमा उद्यम

नवलपुर । वैदेशिक रोजगारका लागि दैनिक हजारौँको संख्यामा नेपालीहरू विदेश जान्छन् । वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्ने गरेका छन् । वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फर्किएका इभान गिरीले अहिले फ्रोजन मःमको व्यवसाय शुरू गरेका छन् । उनले यसरी बनाएको मःम रेष्टुराँ, होटल, क्यान्टिन लगायतमा विक्री गर्दै आएका छन् । उनी यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शुरू भएको प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा आफ्नो उत्पादनको बजारीकरणमा खटिएका छन् । चितवनको भरतपुर–५ तोरीखेतका गिरी कोरियामा छँदा मासिक रू तीन लाख आम्दानी गर्थे । गिरी आफू उद्यमी मात्रै बनेनन् कम्पनीमा आठ जनालाई उनले रोजगारी पनि दिएका छन् । भरतपुर–५ शान्तिचोकमा ‘उरी मःम’ कम्पनी सञ्चालन गर्दै आएका छन् । कोरियन भाषाको ‘उरी’को अर्थ हाम्रो भएको उनले बताए । ‘हामीले स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा विक्री गरिरहेका छौँ’, गिरीले भने, ‘रू २० लाख लगानी गरी शुरू गरेको कम्पनीमा अहिले लगानी रू १ करोड पुगेको छ ।’ कोरियामा छँदा खाद्य उद्योगमा काम गरेका उनले नेपालमै केही गर्ने उद्देश्यले पाँच वर्षअघि फर्केका थिए । सन् २०१८ मा नेपाल फर्किएपछि उनले कम्पनी सञ्चालनको प्रक्रिया शुरू गरेका थिए । शुरूमा गिरी दम्पतीले मात्रै कम्पनी सञ्चालन गरेका थिए । पछि लगानी बढ्दै जाँदा कर्मचारी पनि थपिएको उनको भनाइ छ । कोरियन प्रविधि प्रयोग गरी उत्पादन गरिएको मःम फ्रोजन गरी होलसेल तथा खुद्रा विक्री गर्दै आएको गिरीले बताए । ‘मेसिनबाट उत्पादन हुने मःम फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । छिट्टै फ्रोजन भएको मःम राम्रो हुन्छ’, गिरीले भने ।      ‘फ्रोजन मःमबारे आम उपभोक्तामा गलत धारणा भएका कारण कतिपय होटल, रेष्टुराँ तथा क्यान्टिनहरुले हाम्रो उत्पादन लुकाएर विक्री गर्ने गर्नुभएको छ’, गिरीले भने, ‘हाम्रो मःम ग्राहकवर्गले मन पराउनुभएको छ, तर रेष्टुराँहरूले फ्रोजन मःम हो भनेर विक्री गर्नसक्नुभएको छैन ।”      कम्पनीसँग दैनिक पाँच हजार प्लेट मःम उत्पादनको क्षमता भए पनि हाल दैनिक दुई हजार प्लेट मःम उत्पादन भइरहेको उनले बताए । ‘मःमको बजारका लागि समस्या छैन, चितवनसहित नवलपुर, मकवानपुर, तनहुँ र पाल्पाको रामपुर पुर्‍याउँदै आएका छौँ’, उनले भने । रासस

सम्बन्धित सामग्री

विदेशबाट सीप बोकेर फर्किएकालाई नबिल बैंकले दिन्छ १० करोडसम्म कर्जा

वैदेशिक रोजगारीमा सीप सिकेको र नेपालमा केही गर्ने सोच भएको मात्र नभई वैदेशिक रोजगारीमा रहेका युवाको परिवारलाई उद्यमशीलतामा जोड्ने उद्देश्य सहित नबिलले कर्जा योजना ल्याएको हो ।

उद्यमशील बन्न होटेल म्यानेजमेन्ट

पछिल्लो समय सीपमूलक अध्ययनमा विद्यार्थीको आकर्षण बढ्दो छ । सीप सिकिसकेपछि रोजगारी पाउन वा उद्यम सुरु गर्न सहज हुने भएकाले प्राविधिक शिक्षामा विद्यार्थी बढेका हुन् ।  विदेशमा समेत राम्रो माग हुने गरेकाले होटेल...

सीप विकास तालिमबाट १४ जना लाभान्वित

जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ मा एक महिने ढाका बुनाई सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । मंसिर २५ गतेदेखि सुरु भएको तालिम पुस २५ सकिएको हो । उद्योग तथा उपभोक्ता हित सरंक्षण

कृषि प्रविधि सिक्न नेपाली किसानलाई कोरिया पठाउने तयारी

कृषि क्षेत्रमा अत्याधुनिक प्रविधि प्रयोगको क्षेत्रमा अगाडि आउँदै गरेको कोरियामा कृषि कर्म सिक्ने अवसर नेपाली किसानले पनि पाउने भएका छन् ।विदेशमा सीप सिकेर नेपालमा उद्यमशिलता सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी)बीच सम्झौता भएको हो । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम […]

कोरियाको कृषि प्रविधि र सीप नेपाल भित्र्याउने सम्झौता

काठमाडौं : दक्षिण काेरियाकाे सफल कृषि अभ्यासलाई नेपाल भित्र्याउने सम्झाैता गरिएकाे छ।नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतकाे कृषि उद्यम केन्द्र (एइसी) र ग्लोबल मल्टी कल्चरल सेन्टर कोरिया (जीएमसी) बीच कृषि प्रविधि र सीप आदानप्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे।महासंघकाे कार्यालयमा भएको सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र कल्चरल सेन्टरको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले हस्ताक्षर गरेका थिए।सो सम्झौता अन्तर्गत कल्चरल सेन्टरले नेपाली कृषकलाई ५

फुङलिङ नगरपालिकाले उद्यमका आकांक्षीलाई सीप विकासमा सहयोग गर्ने

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले उद्यम गर्न चाहनेहरुलाई सीप विकास, उपकरण र कच्चा पदार्थमा सहयोग गर्ने घोषणा गरेको छ।...

तालिमपछि व्यवसायी र प्रशिक्षक बन्दै महिला

– नीरा गौतम/ रुपन्देही हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार हुनुहुन्थ्यो । स्नातक तह उत्तीर्ण गरेर पनि हातमा सीप नहुँदा खाली बस्नाको पीडाले उहाँले निकै पिरोल्थ्यो । श्रीमान्को कमाइले घरखर्च चलाउनै ठीक्क हुने भएकाले अन्य आवश्यकता पूरा गर्न समस्या थियो । बुटवल उपमहानगरपालिकाको महिला उद्यम विकास कार्यक्रमअन्तर्गत थाकलको […]

खोटाङमा वित्तीय साक्षरता कक्षाका सहभागीलाई लघु उद्यम विकास तालिम

खोटाङ –  वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि आय आर्जनमा लागेका परदेशीका परिवारलाई व्यवसायीक रूपमा अघि बढ्न लघु उद्यम विकास तालिम प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको आर्थिक सहयोगमा बाल सेवा समाज नेपालले सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा सहभागी र कक्षामा बसेपछि आयआर्जनमा लागेका १० जना गरी ४२ जना महिलालाई लघु उद्यम विकास तालिम प्रदान गरेको हो ।  तालिममा सहभागी ४२ जनाले आ—आफ्नो बजार, स्रोत, पुँजी र सीप अनुसारको व्यवसा...

उद्यमी बनाउन सीपसंँगै उपकरण सहयोग

बेनी नगरपालिकाले गरिबी निवारणका लागि आयोजित तालिमबाट सीप सिकेका महिलालाई उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तालिममा सहभागीलाई सीपसँंगै उद्यमी बनाउन प्रविधिमैत्री मेसिन हस्तान्तरण गरेको हो ।मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको उपस्थितिमा सीप सिकेका ५५ जनालाई व्यावसायिक बनाउन प्रविधिमैत्री कपडा सिलाउने […]

बुटवल उपमहानगरले सीप सिकाउँदै, उद्यमी र व्यवसायी बनाउँदै

समृद्ध बुटवलको संकल्प गर्दै मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको बुटवल उपमहानगरपालिकाले सीप सिकेर उद्यम गर्न चाहेका महिलाका लागि औजार र उपकरण प्रदान गरेको छ ।  तालिम तथा प्रशिक्षण समेत सञ्चालन गरेको उपमहानगरले तालिमपछि सीपलाई उद्यममा परिणत गर्न चाहेका यस क्षेत्रका महिला उद्यमी र तेस्रोलिङ्गीलाई सीप अनुसारका सामग्री प्रदान गरेको हो । एक समारोहबीच उद्यमीलाई उपकरण एवं औजार वितरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सीपयुक्त र इलमयुक्त जनशक्ति उत्पादन गर्दै सबल आर्थिक...