विदेशबाट सीप बोकेर फर्किएकालाई नबिल बैंकले दिन्छ १० करोडसम्म कर्जा
वैदेशिक रोजगारीमा सीप सिकेको र नेपालमा केही गर्ने सोच भएको मात्र नभई वैदेशिक रोजगारीमा रहेका युवाको परिवारलाई उद्यमशीलतामा जोड्ने उद्देश्य सहित नबिलले कर्जा योजना ल्याएको हो ।
काठमाडौं । चालू आर्थिक वर्षको सात महीना (साउनदेखि माघसम्म)मा २२ वाणिज्य बैंकहरूले कुल रू. ४१ अर्ब ३ करोड नाफा कमाएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखाइएको छ । २२ वाणिज्य बैंकहरूमध्ये नबिल बैंकले सबैभन्दा बढी रू. ४ अर्ब १३ करोड नाफा कमाएको छ ।
नबिल बैंकपछि तीन बैंकले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । एनआईसी एशिया बैंकले रू. ३ अर्ब ६८ करोड, ग्लोबल आइएमई बैंकले रू. ३ अर्ब ५५ करोड र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रू. ३ अर्ब ७ करोड नाफा कमाएका छन् ।
उक्त अवधिमा कृषि विकास बैंकले सबैभन्दा कम रू. १० करोड नाफा कमाएको छ । पुस मसान्तसम्म यो बैंक रू. १ अर्ब २८ करोड घाटामा थियो । यस आधारमा बैंकको नाफामा सुधार आएको छ ।
यसैगरी सिभिल बैंकले रू. ७८ करोड नाफा कमाएको छ । हाल भने सिभिल बैंक हिमालयन बैंकसँग गाभिएर फागुन १२ गतेदेखि एकीकृत कारोबार भइसकेको छ ।
त्यस्तै सन्राइज बैंकले रू. ८६ करोड नाफा कमाएको छ । यीबाहेक अन्य बैंकले १ अर्बभन्दा धेरै नाफा कमाएका छन् ।
कसले कति कमाए ?
काठमाडौं (अस) । नवीकरणीय ऊर्जा आयोजनाको प्रवर्द्धनका लागि नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ । आयोजनाहरूको प्रवर्द्धनका लागि केन्द्रसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता गरिएको नबिल बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कोषका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिइएको कर्जाको भुक्तानी नभएमा उक्त कोषले उक्त कर्जाको २० प्रतिशत साँवासम्मको सुरक्षण प्रदान गर्नेछ । शुरूमा जमानतले १० करोड रुपैयाँसम्मको सुरक्षण प्रदान गर्ने सम्झौतामा उल्लेख छ । यो सम्झौताको कार्यान्वयनले दिगो ऊर्जा स्रोतको प्रवर्द्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने अपेक्षा गरिएको बैंकले बताएको छ । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम र बैंकका उच्चपदस्थ कर्मचारी समेतको उपस्थिति थियो ।
नबिल बैंकले अलग्गै संरचना दर्ता गरी मर्चेन्ट बंैकिङको काम सुरु गर्ने भएको छ । बैंकको सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई धिातोपत्र बोर्डले आउँदो सातासम्म अनुमति दिने भएपछि सो कम्पनीले काम सुरु गर्ने तयारी गरेको हो । ‘बोर्डबाट अनुमति पाएको केही समयभित्रै काम सुरु गर्छौं,’ नयाँ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भने , हाल उनी नबिल बैंकको मर्चेन्ट बैंकिङ विभागका प्रमुखका रूपमा कार्यरत छन् ।
चुक्ता पुँजी सात करोड रहेको सो कम्पनीका सञ्चालकहरुमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र महाप्रबन्धक कपिल शर्मा रहेका छन् । चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको कम्पनीमा संस्थापकहरूको ७० प्रतिशत लगानी रहेको छ । बाँकी ३० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ सर्वसाधारणमा सेयर विक्री गरी उठाइने बताइएको छ ।
तेस्रो त्रैमाससम्म सवा खर्ब राजस्व
चालु आवको तेस्रो त्रैमासिक अथवा चैत्र मसान्तसम्ममा रु. १ खर्ब २६ अर्ब ५२ करोड राजस्व संकलन भएको राजस्व सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिएका छन् । गत आवको यसै अवधिमा रू ९८ अर्ब ६७ करोड राजस्व संकलन भएको थियो । चालू आवको तेस्रो त्रैमासिकसम्मको राजस्व संकलन अघिल्लो आवको सोही अवधिको भन्दा २८.२ प्रतिशत बढी हो ।
वर्ष ५, अंक ३१, २०६७, वैशाख ६–१२
काठमाडौं । सरकारले निषेधाज्ञा गरेको डेढ महीना बितिसकेको छ । यसबीचको १ महीनामा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आफ्नो व्यवसाय साढे ३५ अर्बभन्दा बढी थप्न सफल भएका छन् ।
कोभिड–१९ का कारण सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको १ महीनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह रू. ३५ अर्ब ५९ करोड वृद्धि भएको छ । जेठ अन्तिमसम्म कुल कर्जा रू. ३६ खर्ब ४६ अर्ब १० करोड पुगेको छ । बैंकहरूले १ महीनामै ३५ अर्ब ५७ करोड निक्षेप थपेका छन् । जेठ मसान्तसम्म कुल निक्षेप रू. ३९ खर्ब ९१ अर्ब १ करोडको हाराहारीमा पुगेको छ ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये चारओटा वाणिज्य बैंकको कर्जा प्रवाह घटेको छ । निषेधाज्ञाको १ महीनाको अवधिमा सबैभन्दा बढी लक्ष्मी बैंकको कर्जा प्रवाह घटेको छ । बैंकको कर्जा प्रवाह रू. ७९ करोडले संकुचन आएको छ । उसको कुल कर्जा रू. १ खर्ब ७ अर्ब १० करोड छ ।
नेपाल बंगलादेश बैंकको कर्जा वृद्धि ४५ करोडले घटेको छ । उसको कुल कर्जा रू. ६८ अर्ब ६८ करोड रहेको छ । यसअघि कर्जा प्रवाहमा आक्रामक देखिएको एनआईसी एशिया बैंकको समेत १ महीनामा रू. १५ करोडले कर्जा प्रवाह घटेको छ । यसको कुल कर्जा रू. २ खर्ब ६६ अर्ब ७६ करोड छ ।
प्रभु बैंकको १३ करोड रुपैयाँले कर्जा घटेको छ । उसको कुल कर्जा रू. १ खर्ब ४२ अर्ब ८१ करोड रहेको छ ।
जेठ मसान्तसम्मा सबैभन्दा बढी कर्जा वृद्धि गर्नेमा नबिल बैंक देखिएको छ । बैंकले एकै महीनामा रू. ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको थप कर्जा वृद्धि गरेको छ । उसको कुल कर्जा रू. १ खर्ब ९७ अर्ब ८५ करोड पुगेका छ । नबिलको कर्जापूँजी निक्षेप अनुपात (सीसीडी) ७९ दशमलव ६६ प्रतिशत रहेको छ । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली यति बेला बैंकबाट नयाँ कर्जा नगए पनि प्रक्रियामा रहेका वा यसअघि रोकिएका पुराना कर्जा गएको बताउँछन् ।
निषेधाज्ञाले गर्दा व्यवसाय प्रभावित बनेको उनको भनाइ छ । ‘मान्छेहरू बाहिर निस्किन पाएका छैनन् । मालपोतदेखि सबै चहलपहल बन्द रहेकाले पनि बैंकको व्यवसाय केही प्रभावित छ । नयाँ कर्जा बन्द छ,’ उनले भने ।
नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट र ग्लोबल आईएमई बैंकले ३ अर्बसम्म थप कर्जा प्रवाह गरेका छन् । साढे २ अर्बदेखि पौने ३ अर्बसम्म थप कर्जा विस्तार गर्नेमा सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबी बैंक रहेका छन् ।
एक अर्बभन्दा माथि २ अर्बसम्म थप कर्जा वृद्धि गर्नेमा हिमालयन, सनराइज, नेपाल बैंक, कुमारी, नेपाल एसबीआई, सानिमा र प्राइम बैंक रहेका छन् । निषेधाज्ञाको १ महीनाको अन्तरमा थप कर्जा वृद्धिमा अगाडि देखिएको नबिल बैंकले निक्षेप संकलन वृद्धिमा पनि पहिलो स्थानमा रहेको छ । वैशाख मसान्तदेखि जेठ मसान्तसम्ममा उक्त बैंकले ५ अर्ब २ करोड रुपैयाँको थप निक्षेप वृद्धि गरेको छ । उसको कुल निक्षेप रू. २ खर्ब २१ अर्ब २१ करोड पुगेको छ । यस अवधिमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र राष्ट्रिय वाणिज्य बैंकले रू. ४ अर्बभन्दा बढी थप निक्षेप संकलन गरेका छन् । २ अर्बदेखि ३ अर्बसम्मको थप निक्षेप संकलन बढाउनेमा सिटिजन्स, सानिमा, मेगा, नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, बैंक अफ काठमाडौं, प्राइम, र कुमारी बैंक रहेका छन् ।
१ अर्बदेखि २ अर्बसम्मको थप निक्षेप बढाउनेमा नेपाल बंगलादेश, हिमालयन, माछापुच्छ्रे, ग्लोबल आईएमई बैंक रहेका छन् । १ अर्बभन्दा कम ५ करोडसम्मको थप निक्षेप बढाउनेमा सिभिल, सिद्धार्थ, सेञ्चुरी र लक्ष्मी बैंक रहेका छन् ।
आधा दर्जन वाणिज्य बैंकको निक्षेप संकलन संकुचनमा रहेको छ । प्रभु, एनआईसी एशिया, सनराइज, एभरेष्ट, एनएमबी र नेपाल बैंकको निक्षेप संकलन वृद्धि घटेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।
सबैभन्दा कम निक्षेप संकलन गर्नेमा नेपाल बैंक रहेको छ । बैंकको निक्षेप संकलमा रू. ३ अर्ब ५६ करोडले संकुचन भई जेठ मसान्तसम्ममा कुल निक्षेप रू. १ खर्ब ५५ अर्ब ७६ करोड पुगेको छ ।