खोटाङ – वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि आय आर्जनमा लागेका परदेशीका परिवारलाई व्यवसायीक रूपमा अघि बढ्न लघु उद्यम विकास तालिम प्रदान गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको आर्थिक सहयोगमा बाल सेवा समाज नेपालले सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा सहभागी र कक्षामा बसेपछि आयआर्जनमा लागेका १० जना गरी ४२ जना महिलालाई लघु उद्यम विकास तालिम प्रदान गरेको हो ।
तालिममा सहभागी ४२ जनाले आ—आफ्नो बजार, स्रोत, पुँजी र सीप अनुसारको व्यवसा...