धनगढी : कैलालीको गेटा मेडिकल कलेजमा निर्माणाधीन अवस्थामा रहेको आइसोलेसन सेन्टरको काम अन्तिम चरणमा पुगेको छ। कैलालीमा संक्रमित संख्या बढेपछि गेटा मेडिकल कलेजलाई आइसोलेसन सेन्टर बनाउन लागिएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा २१ वैशाखदेखि निर्माणको काम सुरु भएको थियो। धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गेटामा निमार्णाधीन आइसोलेसन सेन्टरको काम अन्तिम चरणमा पुगेको बताए। २ हजार क्