एमसिसीसँग गोप्य सम्झौता  भएको छैन : एमसिए नेपाल

नेपाल र अमेरिकाबीच पाँच वर्षअघि भएको एमसिसी सम्झौता कार्यान्वयन गर्ने नेपाल सरकारको निकाय एमसिए नेपालले कुनै पनि दस्ताबेज गोप्य नभएको प्रस्टीकरण दिएको छ । एमसिए नेपालले एमसिसीसँग सम्बन्धित कुनै पनि दस्ताबेज...

सम्बन्धित सामग्री

प्रसारणलाइनको नयाँ डिजाइनमै अल्झियो एमसिए नेपाल

पुरानो डिजाइनमा बजेटभन्दा ६५ प्रतिशत बढी न्यूनतम वित्तीय प्रस्ताव परेपछि २६ असोजमा टेन्डर खारेज, नयाँको अझै छैन टुंगो मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले प्रसारणलाइन निर्माणको नयाँ टेन्डर प्रक्रियामा जान ढिलाइ गरेको...

‘एमसिसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा

काठमाडौं- नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ । मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसिए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्वतयारीका काममा पर्याप्त प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो । अर्थमन्त्री डा प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन […]

एउटै कमिटी बनाएर जग्गा प्राप्ति गर्ने तयारीमा एमसिए नेपाल

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)अन्तर्गत बन्ने प्रसारण लाइन र सबस्टेसनलाई चाहिने र मार्गधिकारभित्र पर्ने जग्गाको क्षतिपूर्ति निर्धारण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एउटै कमिटी गठन गरिने भएको छ । उक्त कमिटीमा विद्युत्...

एमसिए–नेपालको प्रसारणलाइनले नुवाकोटमा ५० बस्ती प्रभावित

त्रिशुली – मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)मार्फत काठमाडौँको लप्सेफेदीबाट नुवाकोटको रातमाटे हुँदै हेटौँडा र तनहुँतर्फ लैजाने प्रसारण लाइन विस्तारले प्रभावित बन्ने बस्तीको प्रारम्भिक सूची प्रकाशित भएको छ। मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)मार्फत निर्माण गर्न लागिएको प्रसारण लाइनका लागि गाड्नुपर्ने खम्बा र विस्तार गरिने तारको दायाँबायाँतर्फ प्रभावित बनाउने बस्तीको प्रारम्भिक सूची प्रकाशन गरिएको ‘प्रारम्भिक कारबाही […]

एमसिसीको प्रसारणलाइन ठेक्का लगाउने तयारी

काठमाडौं, कात्तिक १७ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत निर्माण गरिने प्रसारण लाइनको अन्तर्राष्ट्रिय टेण्डर आगामी मंसिर महिनाभित्र हुने भएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले आगामी डिसेम्बर अर्थात् (मंसिर १४) गतेभित्र एमसिसी प्रसारण लाइन सम्बन्धित बोलपत्र तयार पारेर आह्वान गर्ने तयारी गरिरहेको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल […]

एमसीसी कार्यान्वयन : रातमाटेका स्थानीयको जीविकोपार्जन कार्यक्रम अगाडि बढ्यो

काठमाडौं – मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसिए नेपाल)ले निर्माण थालेको प्रशारण लाइनका लागि रातमाटे सब-स्टेशसन निर्माण गर्दा प्रभावित हुने स्थानीयलाई दिने सहायता सम्बन्धी सम्झौता गरेको छ। एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने रातमाटेका स्थानीय वासिन्दाका लागि दुई वर्षको अवधिमा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम कार्यान्वयन गर्ने विषयमा सम्झौता गरेको हो। एमसिए–नेपाल तथा सप्रोस नेपालबीच बुधबार सम्झौता भएको […]

सम्झौतासम्बन्धी ‘गोप्य’ दस्तावेज छैनन् : एमसीए नेपाल

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी कुनै ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नभएको जनाएको छ । एमसीसीसम्बन्धी गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू रहेको कुरा सार्वजनिक भएपछि एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गरी यस्ता कुनै दस्तावेज नभएको उल्लेख गरेको हो ।‘एमसिए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सावर्जनिक […]

एमसिसीबारे गोप्य सम्झौता भएको छैन : एमसिए नेपाल

काठमाडौं : मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए)ले एमसिसीका विषयमा कुनै पनि गोप्य सम्झौता नभएको प्रष्ट पारेको छ। सरकारले एमसिसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले गोप्य सम्झौताहरु भेटिएको बताएलगत्तै एमसिए नेपालले प्रष्टीकरण दिएको हो। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एमसिएले एमसिसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चार माध

सामाजिक संजालमा भ्रम फैलाइएको प्रति एमसीए नेपालको आपत्ति, बढायो कानुनी कारबाही

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) का सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसिए–नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।एमसीए नेपालकाअनुसार यही भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसिए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टको नक्कली तवरको हस्ताक्षर प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको थियो । उक्त सामग्रीमा एमसिए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भच्र्युयल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको कपोलकल्पित कुरा उल्लेख गरिएको थियो । सोही सामग्रीमा केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने झुठो दाबी र  नेपाल सरकार, एमसिए–नेपाल र एमसीसीको छापको पनि दुरुपयोग गरिएको थियो ।नेपाल सरकारद्वारा गरिएका केही प्रश्नको उत्तर एमसीसी प्रधान कार्यालयबाट उपलब्ध हुनु अघिल्लो दिन उक्त जाली कागजात सामाजिक सञ्जालमा देखापर्न थालेको थियो । नक्कली कागजातप्रति एमसिए–नेपालले आफ्नो सामाजिक सञ्जालमार्फत खण्डन प्रस्तुत गरिसक्दा पनि उक्त भ्रामक सामग्री सामाजिक सञ्जालबाट अद्यावधि सम्प्रेषण भइरहेको पाइएको छ।उक्त सामग्रीमा उल्लेख गरिएका विषय तथा निर्णयका रूपमा सम्पूर्ण सूचनाहरू कपोकल्पित भएको र उल्लेख गरिएको जस्तो सञ्चारगृह एवं व्यक्तिसँग कुनै कार्य नभएको जानकारी एमसिए–नेपालले विज्ञप्तिमार्फत सर्वसाधारणलाई जानकारी गराउन चाहैको जनाएको छ। यसैगरी उक्त सन्देशमा संलग्न गरिएको जस्तो लेटरहेड एमसिए–नेपालले कहिल्यै प्रयोग नगरेको र दस्तावेजमा प्रयोग गरिएको कार्यकारी निर्देशक  खड्ग बहादुर विष्टको हस्ताक्षर पनि डिजिटल प्रविधिबाट नक्कल उतार गरिएको हस्ताक्षर भएको हुनाले उक्त असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही अगाडि बढाउनका लागि एमसिए–नेपालले पहल गरिसकेको र नेपाल प्रहरीको साइबर ब्यूरोसँग पत्राचार भइसकेको एमसीए नेपालले जनाएको छ।सामाजिक सञ्जालको दुरुपयोग गरी जनसाधारणबीच भ्रम फैलाउने खालका असत्य जानकारी सम्प्रेषण गर्ने प्रवृत्तिप्रति एमसिए–नेपाल गम्भीर भरत्सना  गर्नुका साथै त्यस्ता सूचना प्रदूषणप्रति सजग रहनुहुन सामेल अपिल गरेको छ।