एमसिए नेपालले न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनको नेपालतर्फको खण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । नवलपरासीको न्यु बुटवल सबस्टेसनदेखि सिमाना पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरसम्मको १८ किलोमिटर प्रसारण लाइन छुट्टै प्याकेजमा निर्माण गर्न यो बोलपत्र आह्वान गरिएको हो । मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदानमा बनाउने भनिएको विद्युत् प्रसारण आयोजना अन्तर्गत ३१५ किमी लामो प्रसारण लाइन निर्माणको प्रक्रिया जग्गा अधिग्रहण तथा ठेक्का तयारीमै अलमलिएको छ । यो अलमलले अन्तरदेशीय प्रसारण लाइन नै समयमा तयार नहुने अवस्था आएकाले सो खण्ड छुट्टै निर्माण गर्न थालिएको हो । आगामी जेठ ३ गतेसम्म बोलपत्र पेस गर्ने समयसीमा उपलब्ध गराएको प्रस्ताव अनुसार ठेकेदारले प्रसारण लाइनको डिजाइनदेखि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने छ ।
३ कात्तिक, काठमाडौं । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डरमा ५ वटा प्रस्तावहरु परेका छन् । प्रतिस्पर्धामार्फत विद्युत् खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो । प्राप्त प्रस्तावहरुमाथि प्राधिकरणले मूल्यांकन थालेको छ । आगामी १५ मंसिरदेखि १६ जेठ २०८०सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आहृवान भएको थियो । भारतबाट […]
डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पु¥याउनका लागि तीन ठाउँबाट काम सुरुआत भएको छ । यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पु¥याएर अन्य पालिकामा विद्युत् वितरणको कामलाई तीव्रता दिन काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ । रुकुमपश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सिमाना त्रिवेणी र मध्य डोल्पाको त्रिपुराकोटबाट एक साथ प्रसारण लाइनको काम चलिरहेको छ । डोल्पामा तत्काल विद्युत् पु¥याउनका लागि प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिइरहनुभएको छ । बुधबार मात्र विद्युत् प्राधिकरण प्रदेशिक कार्यालयले ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेशनबाट विद्युत् लिनका लागि बोलपत्र आह्वान गरेको छ ।त्रिपुरोकोट सबस्टेशनमा विद्युत् पुग्नेबित्तिकै पालिकामा विद्युत् पु¥याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिइएको हो । दुई वर्षदेखि डोल्पामा विद्यत् पु¥याउने जनाउँदै ठेक्का लागे पनि काममा भएको ढिलासुस्तीका कारण समयमा काम हुनसकेको थिएन । डोल्पा सदरमुकाममा भरपर्दो विद्युत् नहँुदा त्यहाँका कार्यालयमा काम गर्न समस्या हुँदै आएको जनाइएको छ ।
जाजरकोट । डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पुर्याउनका लागि तीन ठाउँबाट काम सुरुआत भएको छ । यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पुर्याएर अन्य पालिकामा विद्युत् वितरणको कामलाई तीव्रता दिन काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ । रुकुम पश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सिमाना त्रिवेणी र मध्य डोल्पाको त्रिपुराकोटबाट […]
डोटो जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन । बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रशारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको थियो । अहिलेसम्म विद्युत् विस्तारको काम नहुँदा समस्या भएको स्थानीय रोजबहादुर कलेलले बताए