एमसीसी कार्यान्वयन : रातमाटेका स्थानीयको जीविकोपार्जन कार्यक्रम अगाडि बढ्यो

काठमाडौं – मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसिए नेपाल)ले निर्माण थालेको प्रशारण लाइनका लागि रातमाटे सब-स्टेशसन निर्माण गर्दा प्रभावित हुने स्थानीयलाई दिने सहायता सम्बन्धी सम्झौता गरेको छ। एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने रातमाटेका स्थानीय वासिन्दाका लागि दुई वर्षको अवधिमा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम कार्यान्वयन गर्ने विषयमा सम्झौता गरेको हो। एमसिए–नेपाल तथा सप्रोस नेपालबीच बुधबार सम्झौता भएको […]

सम्बन्धित सामग्री

एमसीसी कार्यान्वयन हुँदै गएकोमा खुसी व्यक्त

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना सम्झौता नेपालमा कार्यान्वयन हुँदै गइरहेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेका छन् । नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका शीर्ष नेतासँग भेटघाट गर्दै एमसीसी परियोजना कार्यान्वयन हुँदै गइरहेको प्रति खुसी व्यक्त गरेका छन् । […]

छिमेकीलाई उत्तेजित नपारे एमसीसी कार्यान्वयन हुन्छ

नेपालको परिवेश आज भन्दा पाँच छ महिनाअघि हेर्दा ‘एन्टि–एमसीसी’ थियो । जब बहसहरु हुन थाले, छलफल हुन थाले । त्यसपछि मान्छेले एमसीसीलाई गहिरिएर हेर्न र बुझ्न थाले । र, देशमा रहेका केही राजनीतिक दलसहित जनताहरु पनि पक्ष विपक्षमा उभिन थाले । नेताहरुले जुन साहस देखाए, सबैलाई धन्यवाद । कसै नेताको हार भएको छैन । प्रतिपक्षमा […]

अब एमसीसी कार्यान्वयन गरेर जानुपर्छ : ओली

प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अब एमसीसी परियोजना कार्यान्वयन गरेर जानुको विकल्प नभएको बताएका छन् । मंगलबार काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै ओलीले परियोजना देशको विकास र हितको पक्षमा काम हुँदै जानुपर्ने बताए । ‘एउटा देशको सहयोग निकायसँग हाम्रो देशले गरेको सम्झौता संसद्बाट पारित भइसकेपछि त्यो कार्यान्वयन नहुने भन्ने कुरा हुँदैन । प्रक्रियागत त्रुटि सरकारको त्रुटि हो त्यो गलत हो । त्यसो गर्नु हुँदैनथ्यो सरकारले गर्‍यो । संसद्मा पनि स्वस्थ ढं

एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हितको प्रत्याभूति हुनुपर्छ : ओली

१७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रहितको पक्षमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न एमालेले मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसी सम्झौता आफूहरुले नगरेको र संसदबाट अनुमोदन गर्दा पनि अनुचित ढंगले अलग राखिएको बताए । उनले अघि भने, ‘एउटा सम्झौता संसदबाट पारित भइसकेपछि […]

एमसीसी कार्यान्वयन गर्न सबै दल लाग्नुपर्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजना कार्यान्वयन गरी समयमै प्रतिफल प्राप्त गर्नका लागि सबै राजनीतिक दलहरू लाग्नु पर्ने बताएका छन् । एमसीसी लागु भएसँगै नेपालमा उत्पादित बिजुलीले बजार पाउने उनको भनाइ थियो । संसदमा अनुमोदनका लागि टेबल गर्दै कार्कीले बिजुलीको अन्तरदेशीय व्यापारलाई सहयोग पुग्ने बताएका थिए। समयमै परियोजना कार्यान्वयन गरेर त्यसको प्रतिफल प्राप्त गर्नका […]

एमसीसी रहँदा या फिर्ता हुँदा के हुन्छ ?

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्बन्धमा रहेको अस्पष्टता चिर्न काठमाडौं उत्रिएकी फतिमा सुमार चार दिनको दौडधुपपछि स्पष्ट भइन्– नेपालमा एमसीसी कार्यान्वयन सहज छैन । एमसीसीको सन्दर्भमा श्रीलंका र नेपाल केही अवस्थामा समान देखिएका छन् । दक्षिण एसियामा नेपाल र श्रीलंकाले मात्रै एमसीसीअन्तर्गतको सहयोग पाएको थियो । एमसीसीका लागि छनोट हुने नेपाल पहिलो र श्रीलंका दोस्रो देश हो । तर, श्रीलंकाले सन् २०१९ मा एमसीसी अघि नबढाउने निर्णय गर्‍यो । नेपालमा भने चार वर्ष यता एमसीसी राजनीतिक भूमरीमा ...

एमसीसी कार्यान्वयन गरौं : डा. भट्टराई

काठमाडौं, २१ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने धारणा राखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्–”यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल […]

अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौँ : डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहमति कायम गरेर अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने उनको तर्क रहेको छ । एमसीसीको विषय राष्ट्रिय बहस बनिरहेको बेला भट्टराईको यस्तो भनाइ आएको हो ।उनले लेखेका छन्, यसमा राष्ट्रिय सहमति गरौँ : १. उच्चस्तरीय राजनीतिक/कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौँ; २. चीनसँगका BRI, पारवहनलगायत सम्झौता कार्

एमसीसी खारेजी गर्न भदौ १९ गतेसम्मको अल्टिमेटम

एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले यी दुई माग पूरा गर्नको लागि भदौ १९ गतेसम्मको लागि सरकारलाई अल्टिमेटम दिएको हो । अभियानले अघि सारेका मागमा विद्युत् विधेयक फि

एमसीसी सभाबाट अनुमाेदन नै भएकाे छैन, कसरी कार्यान्वयन हुन्छ ? - नेता रावल

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेस गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एमसीसी कार्यान्वयन सम्झौतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको उल्लेख गर्दै त्यसलाई संशोधन नगरि संसदबाट पारित हुन नदिने चेतावनीसमेत दिनुभयो । उहाँले एमसीसीमा राखिएको कतिपय प्रावधान नेपालको संविधान विपरीत रहेको, नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, नेपालको हित विपरीत ...