घरमा आगो लगाएर कम्तीमा ३२ जना सर्वसाधारणको हत्या गर्ने आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकप्टर तैनाथ गरिएको छ । प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा घरभित्र बस्न बाध्य पारेर आगो लगाइएको थियो । राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लामा शुक्रबार भएको हमलामा महिला र बालबालिका पनि परेका थिए । रक्षामन्त्रीले आगलागीको दोष स्थानीय रूपमा ‘दहलो’ भनेर चिनिने गाईबस्तु तस्करीलाई दोष दिएका छन् । गाईबस्तु चोरी र यसलाई रोक्नको लागि भए
अमेरिकी सेनाले काबुलमा अगस्ट २९ मा काबुलमा गरेको ड्रोन आक्रमणको भिडियो बुधवार जारी गरेको छ ।
उक्त आक्रमणमा सात बालबालिका सहित १० जना अफगान नागरिक मारिएका थिए । आईएसका आतंकवादीहरूलाई लक्ष्य बनाएर आक्रमण गरेको भए पनि मेरिकीहरूले अफगान सर्वसाधारणको हत्या गरेका थिए ।
भिडियोमा अमेरिकी सेनाको ड्रोन काबुल शहरमाथि सेतो टोयोटा कोरोला कारलाई ट्य्राक गरिरहेको देखिन्छ । आईएसकेपीका आतंकवादीहरूको कारमा विस्फोटक पदार्थ छ रहेको भन्ने अनुमानमा कार ट्य्राक गरिएको थियो ।
तर उक्त अनुमान गलत ठहरियो र सर्वसा...