काठमाडौं : सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेश २ मा पनि देखिको छ।प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। प्रदेशसभा सदस्य शत्रुधन महतोले बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन्।प्रदेशसभामा नेकपाका ३२ सांसद छन्। यो प्रदेशको पार्टी संगठन र संसदीय दलमा प्रचण्ड-माधव पक्षको बहुमत छ। 'आज अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो