नेकपा विवाद प्रदेश दुईमा सर्‍यो, संसदीय दलका नेता मण्डलबिरुद्ध अविस्वासको प्रस्ताव दर्ता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय तहमा देखिएको विवाद बागमती प्रदेश र प्रदेश १ हुँदै प्रदेश २ पुगेको छ । प्रदेश २ मा नेकपाको प्रचण्ड–माधव समूहले हाल नेकपा प्रदेश २ का संसदीय दलका नेता रहेका सत्यनारायण मण्डल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।