प्रदेश नम्बर २ प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
पुष्पकमल दाहाल (प्रचण्ड)–माधव नेपाल समूहले आधाभन्दा बढी सांसदको हस्ताक्षरसहित उपनेता रामकुमार यादवलाई अविश्वासको प्रस्ताव बुझाएको प्रदेश सभा सदस्य शत्रुधन महतोले लोकान्तरलाई जानकारी दिए ।
नेकपा प्रदेश २ प्रदेश सभाका सह–इञ्चार्ज विश्वनाथ साहले प्रदेश सभामा नेकपाका ३२ सांसदमध्ये २० जना प्रचण्ड–नेपाल समूहमा रहेको दाबी गरे ।
अविश्वासको प्रस्तावमा नेकपाका १९...