काठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्ध संसदमा ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा आज (आइतबार) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्ध षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो। सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको आरोप पनि सचिवालय बैठकले लगाएको छ।बैठकपछ