महाभियोगबारे एमालेको निष्कर्षः ‘सत्ताको निर्देशनमा संस्था चलाउने प्रयास, असफल बनाउन सशक्त प्रतिवाद’

काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सत्ता गठबन्धनले न्यायालयलाई आफू अनुकूल चलाउन प्रधानन्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाएको आरोप लगाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि आइतबार महाभियोग प्रस्ताव दर्ता भएपछि बसेको आकस्मिक सचिवालय बैठकले महाभियोग न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको छ।  एमालेले महाभियोगलाई असफल बनाउन प्रतिवाद गर्ने पनि निर्णय गरेको छ। …

सम्बन्धित सामग्री

ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुन्छ : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक जना वरिष्ठ अधिकारीले ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुने बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयमा हिन्द प्रशान्त क्षेत्रको सुरक्षा मामिलासम्बन्धी सहायकमन्त्री एली राट्नरले ताइवानमा सफलतापूर्वक प्रत्यक्ष सैन्य आक्रमण गर्नु चीनका लागि निकै कठिन रहेको जनाए । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चीनले ताइवानमाथि गर्ने नाकाबन्दीले ताइवानलाई स्रोत परिचालन गर्न थप […]

बढी ब्याज मागेपछि लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन असफल सरकार

काठमाडौं। बैंक वित्तीय संस्था र अन्य कम्पनीले विकास ऋणपत्रमा ६.५ प्रतिशतभन्दा बढी ब्याज मागेपछि लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन सरकार असफल भएको छ। सरकारले ६वर्ष अवधिको ६.५प्रतिशत ब्याजदरमा विकास ऋणपत्र जारी गर्दै १०अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन खोजेको थियो। तर, राष्ट्र बैंकले तोकेको कट अफ रेटभन्दा बढी ब्याज कबोल गरिएपछि सरकारले ४अर्ब १६करोड रुपैयाँ मात्रै आन्तरिक ऋण उठाउन सकेको हो।

चन्द्रमामा नयाँ रकेट पठाउने नासाको दोस्रो प्रयास पनि असफल

काठमाडौं । अमेरिकाकाे अन्तरिक्ष संस्था नासाको चन्द्रमामा नयाँ रकेट पठाउने दोस्रो प्रयास पनि असफल भएको छ । गत साता प्राविधिक गडबडीका कारण स्थगित गरिएको मिसन शनिबार असफल चोटी प्रयास गर्दा पनि असफल भएको हो । रकेटको हाइड्रोजन ट्यांकमा चुहावट भएका कारण यो मिसन पुन: असफल भएको जनाइएको छ । वैज्ञानिकहरुले आगामी अक्टोबर भन्दा अघि मिसन […]

सरकारी स्वास्थ्य संस्था गुणस्तरीय सेवा दिन असफल भए : डा. भगवान कोइराला

चैत २५, काठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले सरकारी स्वास्थ्य संस्था गुणस्तरीय सेवा दिन असफल भएको बताएका छन् । राष्ट्रिय योजना आयोगले स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशाका बारेमा गरेको छलफल कार्यक्रममा डा. कोइरालाले स्वास्थ्य संरचनाबाट प्रदान हुने सेवाको गुणस्तर अपेक्षा गरेको र अन्तर्राष्ट्रिय मापदण्ड भन्दा धेरै तल रहेको बताए । […]

आकर्षक सुविधासहितको चिकित्सक अभियानमा सरकार असफल

काठमाडौं । नेपालमा चिकित्सकको दरबन्दी यसै त कम छ, झन् भएका चिकित्सक पनि निजी अस्पतालमा आकर्षित छन् । त्यसैले सरकारी अस्पतालको स्तर खस्कियो मात्र हैन, बिरामीले पनि सास्ती पाए भन्ने गुनासो झन्झन् बढिरहयो । जसलाई नियन्त्रण गर्न सरकारले एक चिकित्सकले एक मात्र अस्पतालमा कार्यरत हुनुपर्ने भन्दै राम्रो सेवा सुविधा लिएर चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम […]

नागरिकको सुरक्षा गर्न नेपाल ‘असफल’

काठमाडौं, माघ १ । कोभिड–१९ लाई सही हिसाबले सम्बोधन गर्न नसक्दा सन् २०२१ मा नेपालमा स्वास्थ्य सेवाको अपर्याप्तता तथा असमानताको स्थिति झन् बिग्रेको मानवअधिकारसम्बन्धी एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ। मानवअधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हुमन राइट्स वाचले सन् २०२२ को प्रतिवेदनमा महामारीलाई सरकारले यथोचित रूपमा सम्बोधन गर्न नसक्दा रोक्न सकिने मृत्युलाई पनि रोक्न नसकिएको, […]

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम असफल

२० पुस, काठमाडौं । सरकारले गत असारदेखि १० सरकारी अस्पतालमा सुरु गर्न खोजेको ‘एक चिकित्सक र स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम असफल देखिएको छ । दश सरकारी अस्पतालमा पत्राचार गरेकामा नुवाकोटको त्रिशूली अस्पतालले मात्रै यो कार्यक्रम लागू गरेको छ । एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था (कार्यक्रम सञ्चालन) कार्यविधि, २०७७ अनुसार यो कार्यक्रम लागू […]