महाभियोग पारित हुन नसक्ने, एमालेको ‘काउन्टर’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलका ९८ सांसदले संसद सचिवालयमा आइतबार महाभियोग प्रस्ताव दर्ता गराएपनि त्यो पारित हुन सक्ने अवस्था आएको छ । एमालेको सहयोग बिना दुई तिहाइ जुट्न नसक्ने भएपछि महाभियोग पारित हुने अवस्था आएको हो । एमालेले महाभियोग प्रस्तावको विरोध गरेको छ । आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको छ । महाभियोग प्रस्ताव लोकतन्त्रमाथि प्रहार र गणतन्त्रलाई कमजोर बनाउने षडयन्त्रका साथ आएको निष्कर्ष निकाल्दै एमालेले प्रतिवाद गर्ने...