एमालेको संसदीय दलको बैठक शुरू भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावलगायत विषयमा छलफल गर्न संसद् भवनको ल्होत्से हलमा बैठक शुरू भएको हो ।
महाभियोग दर्ता भएसँगै आइतवार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।
सत्ता गठबन्धनले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अन्य ४ न्यायाधीशविरुद्ध पनि महाभियोगको गृहकार्य थालेको छ ।