जीवनलाई आफ्नै अर्थ लगाउने, जिउने र परिभाषामा समेट्ने हरेकका आफ्नै तरिका छन्। रफ्तारमा दौडिरहेको जीवनलाई एकपटक टक्क अडिएर हेर्ने फुर्सद पनि कतिलाई सायदै होला।व्यस्त सडकमा ट्राफिक जाम पर्दा केही बोध होला त हामीलाई? आँखाअगाडि देखाइएका बत्तीका संकेतले जसरी रोक, हेर र जाऊ अर्थात् एउटा ट्राफिक बत्तीले रातो, पहेंलो र हरियो बत्तीमार्फत रोक, हेर र जाऊ अन्यथा दुर्घटनामा परिन्छ भन्ने कुराको संकेत बोध गराएजस्तै जीवनको पनि छ नि। जसले अनावश्यक दुःखमा नफस भनेर सिकाएको पनि त हुन सक्छ।भौतिक विकास र बाहिरी स