काठमाडौं (हाम्रो खेलकुद) – गोड स्पिनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बुधबार पहिलो भएका छन् । पुरुष भेट्रान सिंगल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो भएका हुन् । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) द्वारा संयुक्त आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनिज पिङपोङ क्लबका कपुर शर्मा […]