प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी लामो यात्रा पार गरेको गोरखापत्रले राजनीति, सामाजिक, विकास, इतिहास, संस्कृति र साहित्यको उन्नयनमा महत्त्वपूर्ण योगदान पु-याएको बताउनुभएको छ । उहाँले गोरखापत्र थुप्रै राजनीतिक र सामाजिक परिवर्तनको साक्षी बनेको बताउँदै वर्तमान डिजिटल युगमा यसलाई सन्तुलित र व्यावसायिक बनाउन पनि सुझाव दिनुभएको छ ।