सहकारीले चलाएको कलेजले विद्यार्थीलाई कोरिया पठाउने

२१ कात्तिक, विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको जीविका कृषि सहकारी संस्थाले सञ्चालन गरेको जीविका कृषि विज्ञान कलेजले पढ्दै कमाउँदै कार्यक्रमका लागि एक वर्ष विद्यार्थीलाई कोरिया पठाउने भएको छ । बिएस्सी एजी चारवर्षे कोर्स अध्ययन गर्ने विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रमका लागि एक वर्ष कोरिया पठाउने सम्झौता भएको कलेजका व्यवस्थापक शिवकुमार डाँगीले बताए । पढ्दै […]

सम्बन्धित सामग्री

रुकुमको त्रिवेणी श्रम सहकारीले बेसारको चाना जर्मनी पठाउने

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार

सहकारीको छुर्पी अमेरिका निर्यात

स्याङ्जाको वालिङमा रहेको अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीले कृषकबाट दुध सङ्कलन गरेर विभिन्न प्रकारका परिकारसमेत उत्पादन गर्दै आएको छ । पशुपालक कृषकले उत्पादन गरेको दुध संस्थाले खरिद गरेर त्यसबाट छुर्पी, पनिर, दही, नौनी, घिउ, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएको सहकारीकी प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिनुभयो । प्रबन्धक रेग्मीका अनुसार सहकारीले आफैँ दुधबाट बन्ने परिकार बनाएर स्थानीय बजारमा बिक्री गर्दै आएको छ । स्थानीय बजारमा मात्रै खपत नहुने उत्पादित वस्तु बिक्रीका लागि काठमाडौँ पठाउने गरिएको सहकारीले जनाएको छ ।

डेढ अर्ब हिनामिना आरोपमा इमेज सहकारीका सञ्चालक, प्रबन्धक र कर्मचारी जेल चलान

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत बागलुङले आदेश दिएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलाशले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सहकारीले १ अर्ब ५१ करोड […]

सहकारी बचाउन तत्काल कर्जा सूचना केन्द्र खोलियोस्

हालैको एक तथ्यांकअनुसार काठमाडौं महानगरपालिकाभित्र दर्ता भई सञ्चालनमा रहेका १९ सय सहकारीमध्ये ३ सय सहकारी बेपत्ता भएका छन् रे । सञ्चालित सहकारीमध्ये एक चौथाइले मात्र सहकारी विभागमा आफ्ना विवरण अद्यावधिक गराएका छन् रे । यो डरलाग्दो तस्वीर हो ।  दिनहुँ सहकारीले आमजनतालाई ठगेर भाग्यो भन्ने समाचार सुनिरहने हो वा त्यो निदानका लागि ठोस पहल पनि गर्ने हो ? समस्या समाधानका लागि कस्तो रणनीति बनाउने हो ? के कारणले सहकारीहरू समस्यामा परिरहेका छन् ? नियतवश वा परिस्थितिले ? यो गहिरोसँग केलाउनुपर्ने अवस्था आएको छ । अन्यथा अर्थतन्त्रको ३ खम्बे नीति लँगडो हुन्छ । सहकारी डुबाउने सञ्चालकहरूलाई बिगो बराबरको दण्डजरीवाना, उनीहरूको घरसम्पत्तिबाट असुलउपर र २० वर्षसम्मको कठोर जेल हाल्न सकिने कानून बनाउन सके त्यसले धेरै हदसम्म जनता ठग्ने खेल रोकिनेछ । अहिले केही ठूला सहकारी जनता ठग्ने र ठगीको अभियोगबाट बच्न जानाजान मन्त्रिपरिषद्बाट आफ्नो सहकारीलाई समस्याग्रस्त भनी छानविन समितिमा पठाउने खेल भइरहेको छ । ठगीमा मुद्दा चलाए जेल जानुपर्ने तर समस्याग्रस्त घोषणा गर्न पाए जेल पनि जान नपर्ने र समस्याहरू पनि सरकारले नै हेर्ने हुँदा अहिले ठग सहकारी सञ्चालकहरूले यसो गरेका हुन् । यसर्थ यसमा सहकारी ऐन २०७४ परिमार्जन गरी पीडितहरूको पैसा बाँकी रहेसम्म सञ्चालकहरू सबै थुनामै बस्नुपर्ने गरी नयाँ दफा थप गर्नु जरुरी छ । कमजोर कानून भए ठगीको माध्यम त्यही बन्छ । नेपालका सहकारीहरूले करीब ८ खर्ब कर्जा परिचालन गरेका छन् । घरघरबाट बचत संकलन गरेका छन् । पैसा आवश्यक परेका बेला तुरुन्त दिएका पनि छन् । त्यसैले सरकारले सहकारीहरूलाई बचाउन सहयोगी भूमिका खेल्नुपर्छ । त्यसको पहिलो पाइला हो : बैंकहरूको जस्तै कर्जा सूचना केन्द्र खोल्नु । यसो भए एउटै व्यक्तिले १० ठाउँबाट ऋण लिन पाउँदैन । दोस्रो कदम हो : समस्यामा परेका सहकारीहरूलाई तत्काल सर्पोट गर्न ऐनमा व्यवस्था भएको सहकारी स्थिरीकरण कोष सञ्चालनमा ल्याउने । यी २ काम मात्र भए पनि ५० प्रतिशत विकृति घट्नेछ । खराबलाई दण्ड र असललाई प्रोत्साहन गर्न सके मात्र सहकारीको उद्देश्य सफल हुन सक्छ । गोपाल देवकोटा गौरीनगर कामनपा ७

वालिङमा व्यावसायिक रुपमा छुर्पी उत्पादन शुरु

मंसिर १८, स्याङ्जा । स्याङ्जाको वालिङस्थित अकला साना किसान कृषि सहकारी संस्थाले व्यावसायिक रुपमा छुर्पी उत्पादन गर्न थालेको छ ।  स्थानीयस्तरमा उत्पादित दूधलाई बजारीकरणमा सहयोग पुर्‍याउनुका साथै किसानलाई दूग्ध उत्पादन व्यवसायमा थप उत्साह बढाउने उद्देश्यसहित व्यावसायिक रुपमा छुर्पी उत्पादन थालिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए । स्थानीय किसानले उत्पादन गरेको दूधबाट दूध, दही, घ्यू, पनीर, खुवालगायत दूग्ध परिकार बनाएर विक्री गर्दै आएको सहकारीले गतवर्षदेखि वालिङमै व्यावसायिक रुपमा छुर्पी उत्पादन थालेको उनको भनाइ थियोे ।’ सहकारीमार्फत स्थानीय किसानलाई बिना ब्याजमा कर्जा प्रवाह ग¥यौँ, उहाँहरु दूग्ध उत्पादनतर्फ उत्साहित भएर लाग्नुभयो’, अध्यक्ष अर्यालले भने, ‘दूध उत्पादन भएपछि बजारीकरणमा समस्या आउन नदिनका लागि दूधबाट बन्ने परिकारहरु बनाउन थालेका हौँ ।’ किसानले उत्पादन गरेको दूध बाहिर बजारमा पनि विक्री गर्ने र बाँकी रहेको दूध सहकारीमा ल्याएर छोड्ने गरेका छन् । ‘किसानले दूध उत्पादन गर्न थाले तर उत्पादित दूधको बजारीकरणका केही उपाय अपनाउन प¥यो भनेर छुर्पी बनाउने विधि सिक्न हेटौँडा पुगेँ’, उनले बताए, ‘छुर्पी बनाउनका लागि आवश्यक उपकरण खरीद गर्‍यौँ र त्यहाँ सिकेर आएको सीप कर्मचारीलाई सिकाएर अहिले नियमितरुपमा छुर्पी उत्पादन गरिरहेका छौँ ।’ करीब ७५ प्रतिशत तयारी अवस्थामा यहाँ उत्पादन भएको छुर्पीलाई वातावरण अनुकूल बनाउन काठमाडौं पठाउने र त्यहाँबाट ‘फाइनल प्रोसेसिङ’ पश्चात् अमेरिका निर्यात गरिदै आएको छ । सहकारीले अहिले दैनिक चारदेखि ५०० लिटर दूधबाट औसतमा दैनिक ५० केजी छुर्पी उत्पादन गर्दै आएको छ ।  यो उत्पादनलाई वार्षिक २० हजार केजी पुर्‍याउने लक्ष्य छ । ‘यहाँ उत्पादन भएको छुर्पी अमेरिकामा सहजरुपमा खपत हुने गरेको छ’, अध्यक्ष अर्यालले भने, ‘काम गर्न सकेमा भविष्यमा यसको संभावना र बजार राम्रो रहेको छ ।’ वालिङ १ त्रियाशीलमा व्यावसायिकरुपमा भैँसीपालन गर्दै आएकी सीता अर्यालले पनि सहकारीमा दूध विक्री गर्छिन् । बाहिर बजारमा विक्री भएसम्म विक्री गर्ने र बाँकी रहेको दूध सहकारीमा विक्री गर्दै आएकी छन् । ‘बाहिर बजारमा पनि हाम्रो फार्ममा उत्पादन भएको दूध लगिन्छ’, व्यवसायी सीताले भनिन्, ‘बजारमा विक्री भएर बाँकी रहेको दूध सहकारीमा पठाउने गरेकी छु, यसले उत्पादन भएको दूध नबिकेर खेर जान्छ कि भन्ने चिन्ता छैन ।’ बाहिर बजारमा प्रतिलिटर रू. ९० र सहकारीमा प्रतिलिटर रू. ७० देखि ७५ पर्ने गरेको उनले बताए । भैँसीको भन्दा गाईको दूधबाट बनाएको छुर्पी राम्रो हुने गरेको छ । रासस

बैतडीका महिलाको पौरख ! वर्षमै दुई करोडको तरकारी विक्री !

गाउँभरि जताततै सेता पोलिहाउस देखिन्छ । पुस महिनामा पनि लटरम्म गोलभेडाँ फलेका छन् । काउली, बन्दा, आलु, पालुङ्गो, रायो, धनियाले खेत हरिया देखिन्छन् । कृषि कर्मबाट नै गाउँमा वार्षिक दुई करोड रुपियाँ भित्रिने गरेको यथार्थ कथा बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोलाका महिलाको हो । गुरुखोला गाउँका महिलाले तरकारी मात्र होइन, बीउवीजन उत्पादनबाट पनि वार्षिक १० लाख रुपियाँ भित्र्याउने गरेको छ । गाउँमै लोभलाग्दो कमाई हुन थालेपछि रोजगारी खोज्न भारत पसेका श्रीमान्हरु घर फर्किन थालेका छन् । महिला किसानले उत्पादन गरेको बीउ सङ्कलन गरेर शिखर बीउ प्रवद्र्धन सहकारीले जिल्ला बाहिर पठाउने गरेको सहकारीका अध्यक्ष देवदत्त भट्टले बताउनुभयो । गाउँका ३७२ घर परिवारका महिला सामूहिक कृषि कर्ममा लागेका छन् । स्थानीय गैर सकारी संस्था रुडेसले महिला समूह गठन गरेर बीउविजन र प्रविधि सहयोग गरेको छ । आर्थिक उत्थानशीलता कार्यक्रम अन्तरगत किसानको खेतमा संस्थाकी कृषि प्राविधिक पूजा भट्ट खटिरहनुभएको छ । कृषि प्राविधिक खेतमै पुगेर प्रविधि सिकाएपछि उत्पादन बढ्दा तरकारी खेतीबाट वार्षिक दुई लाख रुपियाँ भन्दा बढी अम्दा

सहकारीले उत्पादन गर्ने दूध ढुवानी रोकियो

कोभिड–१९ को त्रास फैलिएसँगै बाग्लुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँच दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँच सय लिटर दूध किसानकै घरमा रोकिएको हो । नेपाल सरकारले मुलुक नै लकडाउन घोषणा गरेसँगै दूधको ढुवानी रोकिएको हो । सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बाग्लुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दूध किसानकै घरमा रोकिएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका–१२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताए ।

सहकारीले उत्पादन गर्ने दूध ढुवानी रोकियो

बागलुङ : कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएसँगै बागलुङका दुग्ध उत्पादक सहकारी मार्फत स्थानीय किसानबाट उत्पादन र संकलन हुदै आएको आएको दूध बजार पठाउने काम ठप्प भएको छ। जिल्लाको दक्षिणमा रहेका पाँचवटा दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँचसय लिटर दूध किसानकै घरमा रोकिएको हो। ने...

कोराना कहर : सहकारीले उत्पादन गर्ने दूध ढुवानी रोकियो

कोरोना भाइरस (कोभिड–१९)को त्रास फैलिएसँगै बागलुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँचवटा दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार ५०० लिटर दूध किसानकै घरमा रोकिएको हो । नेपाल सरकारले देशनै लकडाउनको घोषणा गरेसँगै दूधको ढुवानी रोकिएको हो ।

कोरोना कहर : सहकारीले उत्पादन गर्ने दूध ढुवानी ठप्प

कोभिड–१९ को त्रास फैलिएसँगै बाग्लुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँच दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँच सय लिटर दूध किसानकै घरमा रोकिएको हो ।