गुल्मी : दशैंपछि खुलेको जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको घुइँचो लागेको छ। आइतबार बिहान साढे नौ बजेदेखि नै कार्यालयमा सेवाग्राहीको घुइँचो लागेको थियो।चाडपर्वका बेला जिल्लाबाहिर रहेकाहरु गाउँ आउने र सोही अवसरमा नागरिकता बनाउने भएकाले अन्य समयमाभन्दा कार्यालयमा सेवाग्राहीको बढी चाप हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।अन्य समयमा दैनिक ३० देखि ५० नयाँ नागरिकता जारी हुने भए पनि आइतबार मात्रै ११३ नयाँ नागरिकता जारी भएको प्रजिअ पौडेलले जानकारी दिए। यस्तै‚ नागरिकत