इलाका प्रशासन कार्यालयमा सेवाग्राहीको भीड

सिमकोट– इलाका प्रशासन कार्यालयमा सेवा प्रदान सुरु भएसँगै नागरिकता लिने सेवाग्राहीको संख्या वृद्धि भएको छ। सर्केगार्ड गाउँपालिकामा स्थापना भएको उक्त कार्यालयबाटै पहिलो पटक नागरिकतालगायत सेवा प्राप्त हुन थालेपछि गाउँ–गाउँबाट आउने सेवाग्राहीको भीड हुने गरेको हो। दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गर्न स्थापना भएको इलाका प्रशासन कार्यालय सर्केगार्डले स्थापनाको पाँच वर्षपछि कार्यालयबाटै नागरिकता […]

सम्बन्धित सामग्री

राहदानी खोज्नेको चाप थेग्न हम्मे

सर्लाहीको जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवनलाई राहदानी फाँटको चाप थेग्न हम्मे हम्मे भएको छ । सेवाग्राहीको भीड कम गर्न र उनीहरूको सहजताका लागि भन्दै विभिन्न नियम लागू गर्दा पनि सेवाग्राहीले यी दुई कार्यालयबाट सहज रूपमा राहदानी पाउन सकिरहेका छैनन् । राहदानीका लागि धेरै दिनसम्म जिल्ला प्रशासन कार्यालय धाउनु परेको सेवाग्राहीको गुनासो छ ।

इलाका प्रशासन कार्यालय रामपुरमा नागरिकता बनाउने सेवाग्राहीको चाप बढ्दै

कात्तिक १३, पाल्पा । इलाका प्रशासन कार्यालय रामपुरमा सेवाग्राहीको चाप बढेको छ । जिल्ला सदरमुकाम तानसेनदेखि करीब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयमा हाल नयाँ नागरिकता बनाउनेको चाप बढ्दो छ । यस आर्थिक वर्षको तीन महीनामा एक हजार ३०४ जनाले नयाँ नेपाली नागरिकता लिएका छन् । साउनमा ४०४, भदौमा ६१८ र असोजमा २८२ जनाले नयाँ नागरिकता बनाएका छन् । त्यस्तै ९८३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । साउनमा ३४९, भदौमा ५५५ र ७९ जनाले प्रतिलिपि लिएको प्रशासन कार्यालयले जानकारी दिएको छ । यस आर्थिक वर्षको हालसम्म दु्रत राहदानी सिफारिस ६६, जनजाति प्रमाणित, नाबालक परिचयपत्र सिफारिस १४३ जनाले लिएको पाइएको छ ।  हाल दैनिक ४० ले नयाँ नागरिकता, दशले दु्रत राहदानी सेवा, जनजाति नाबालक प्रमाणित १५ जनाले लिने गरेको कार्यालय प्रमुख भगवानभक्त अर्यालले जानकारी दिए । ‘हिजोआज कार्यालयमा सेवाग्राहीको भीड बढेको छ, विशेष गरी नयाँ नेपाली नागरिकता बनाउने बढिरहेका छन्, सदरमुकाम तानसेन जानु नपर्ने हुँदा पनि उमेर पुग्ने बित्तिकै नागरिकता लिन आउने गर्नुभएको छ’, उनले भने । नागरिकता बनाउन सदरमुकाम आउन जानको झण्झटले पहिले आवश्यकता परेका समय मात्रै नागरिकता बनाउने गरेको पाइन्थ्यो भने अहिले गाउँबाटै सेवा पाइने भएपछि उमेर पुगेलगत्तै नेपाली नागरिकता बनाउने क्रम बढेको छ । यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवाका स्थानीयवासीले सेवा लिँदै आएका छन् ।   यहाँको प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगीसहित आठ जना स्थायी कर्मचारीको दरबन्दी छ । शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सहलेखापाल, एक, कार्यालय सहयोगी दुई जना कर्मचारीको दरबन्दी तोकिएको छ । कार्यालयमा स्थायी दरबन्दीमा एक कार्यालय प्रमुख, दुई खरिदार छन् भने करारमा एक कम्प्युटर अपरेटर, दुई कार्यालय सहयोगी छन् । पूर्वी पाल्पाका स्थानीयलाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गतेबाट कार्यालय स्थापना गरी सेवा दिन थालेपछि नागरिकलाई धेरै सहज भएको छ । रासस