काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा दिन थालेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले हिजोदेखि बिहान ७ देखि बेलुका ७ बजेसम्म सेवा दिन थालेको हो ।
बिहान ७ बजेदेखि १० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि बेलुका ७ बजेसम्म गरि तीन सिफ्टमा कर्मचारी व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ । कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप बढेपछि दैनिक तीन सिफ्टमा सेवा विस्तार गरिएको प्रमुख जिल्ला अधिक...