काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि भएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । सम्भवतः आज (मंगलबार) जारी मन्त्रिपरिषद बैठकले प्रतिवन्ध फुकुवाको निर्णय गर्नेछ ।
शनिवार एक विज्ञप्ति जारी गर्दै विप्लवले आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताउनुभएको थियो । उहाँले आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्न अवस्थामा पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको स्पष्ट पर्नुभएको थियो ।
विप्लव वार्ताको लागि तयार भएपछि सरकारले प्रतिबन्ध फुकुवाको तयारी गरेको स्रोतले जनाएको छ । यसै बिषयमा छलफल आज सुरक्षा परिषदको बैठक बसेको छ । बैठकमा यसै बिषयमा छलफल भएको छ ।
सरकारले २०७५ फागुन २८ मा विप्लवमाथि प्रतिबन्ध लगाएको थियो । सरकारले विप्लवले राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको बताउदै प्रतिबन्ध लगाएको थियो ।
यो पनिः सरकारसँग संवादका लागि विप्लव पक्ष सकारात्मक भएकोमा नेकपा (मसाल) प्रसन्न