काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेको छ । आज मङ्गलवार सकिएको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र हार/जितको परिस्थिति हेरेर सत्तारुढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । केन्द्रीय सदस्यहरूको सुझावका आधारमा देशैभरि नभइ आवश्यक ठाउँमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निष्कर्ष निकालिएको प्रवक्ता महतले जानकारी दिनुभयो । अहिले पनि देशका ...