नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले केन्द्रबाट गठबन्धन नथोपर्ने भन्ने संस्थागत निर्णय गरेको स्पष्ट पारेका छन् । मंगलबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकका सन्दर्भमा सर्वत्र चासो र प्रश्नहरु उठेपछि महामन्त्री शर्माले केन्द्रले सर्वसम्मतरुपमा केन्द्रबाट गठबन्धन नथोपर्ने, तर स्थानीय स्थिति र आवश्यकता हेरेर तालमेल गर्न सक्ने भन्ने निर्णय गरेको बताएका हुन् ।