स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी माहोल पनि तात्दै गइरहेको छ । संविधान–रक्षार्थ बनेको गठबन्धन सरकारले चुनावी नेतृत्व गरेकाले त्यसमा आबद्ध दलहरूले गठबन्धनलाई स्थानीय निर्वाचनदेखि केन्द्रीय निर्वाचनसम्म कायम राख्छन् कि राख्दैनन्, सर्वाधिक रुचि र चासोको विषय थियो । नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले ‘निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय’ सँगै गठबन्धनका लागि मार्गप्रशस्त गरिदिएको छ ।