कांग्रेसको निर्णय – स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन

प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ — नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने नीतिगत निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । प्रवक्ता महतले निर्णय कार्यान्वयनका लागि केन्द्रदेखि तल्लो तहसम्मै संयन्त्र बनाइने बताए। कांग्रेसको प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रले स्थानीय अवस्था […]

जहाँ सक्दैनौँ, त्यहाँ स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्छौँ : नैनसिंह महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेस स्थानीय आवश्यकता आधारमा गठबन्धन गर्ने तयारीमा रहेको बताएका छन् । विशेष गरेर काँग्रेसभित्र स्थानीय तहको निर्वाचनका लागि एक्लै अघि बढ्ने कि गठबन्धन गरेर जाने भन्ने विषयमा मतभेद कायम रहेको बेला नेता महरले यस्तो बताएका हुन् । रातोपाटीसँगको विशेष कुराकानीमा नेता महरले पार्टीभित्र चुनावी गठबन्धनका बारेमा मदभेत रहेपनि ‘सिट एडजस्टमेन्ट’ का आधारमा अथवा स्थानीय आवश्यकता आधारमा चुनावी गठबन्धन गर्ने तयारीमा पार्टी रहेको बताए । ‘