काठमाडौं : भारतको गोवामा अक्सिजनको अभावमा २६ जना कोरोना संक्रमतिको मृत्यु भएको छ। गोवाको सरकारी अस्पताल गोवा मेडिकल कलेजमा मंगलबार अक्सिजनको अभावमा २६ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्यमन्त्री विश्वजीत राणेले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ। राणेका अनुसार उनीहरुको अक्सिजनको अभाव हुँदा विहान २ बजेदेखि ६ बजेभित्र यति धेरै संख्यामा संक्रमितको निधन भएको हो। उनले पत्रकारसँग बताए अनुसार अस्पतालमा अक्सिजनको कमी भएको थियो। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले पनि अक्सिजनको क