अस्पतालमा अक्सिजन उपलब्ध गराउँदै सङ्घसंस्था

डडेल्धुरा । यहाँको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका छन् । डडेल्धुरा अस्पतालमा कोरोना भाइरसका बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका हुन् । अस्पतालमै रहेका अक्सिजन सिलिण्डरमा आफ्नै खर्चमा विभिन्न सङ्घसंस्थाले नेपालगञ्जबाट अक्सिजन भरेर अस्पताललाई दिने गरेका छन् । एक सातायता देखि अस्पतालमा विभिन्न […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा स्वास्थ्य सामग्री वितरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाका १२ वटै स्थानीय तह, स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । हिमालय सीमापार व्यापार संघसँग समन्वय गरी वाणिज्य संघले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो । संघले ८० हजार थान सर्जिकल मास्क, २ हजार ७ सय थान केएन ९५ मास्क, ८ सय लिटर स्यानिटाइजर, ७ हजार थान ग्लोब्स, ३३ थान थर्मलगन, ३३ थान अक्सिमिटर, १ सय थान पीपीई सेट, अक्सिजन सिलिन्डर ८३ थान र अक्सिजन कन्सेन्टर ३ थान वितरण गरेको छ । ‘हामीले जिल्लाका १२ वटै स्थानीय तहसहित नेपाल प्रहरीका विभिन्न युनिट, सशस्त्र प्रहरीका बेस क्याम्प, नेपाली सेनाका ब्यारेक तथा कोभिड–१९ संक्रमित बिरामीले उपचार गर्ने स्वास्थ्य संस्था तथा जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका हौं’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले भने । श्रेष्ठसहित संघका अध्यक्ष होमबहादुर बस्नेत,  नेपाल हिमालय सीमापार व्यापार संघका निवर्तमान अध्यक्ष बच्चु पौडेल तथा उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्यसहितको टोलीले सम्बन्धित कार्यालयमै पुगेर स्वास्थ्य सामग्री वितरण गरेको हो । संघले सबै स्थानमा सर्जिकल ४ हजार थान मास्क, ७५ थान केएन ९५ मास्क, २० लिटर स्यानिटाइजर र अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो । विपद्का बेला जनउत्तरदायी काम गर्ने उद्देश्यल स्वास्थ्य सामग्री वितरण गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए । अध्यक्ष बस्नेतले हिमालय सीमापार व्यापार संघसँग समन्वय गरी निरन्तर कोभिड–१९ नियन्त्रणमा सघाउँदै आएको जानकारी दिए । जिल्लाबासीलाई उपत्यकामा स्वास्थ्य सेवा लिन समस्या भए उद्योग वाणिज्य महासंघले काठमाडौंको क्षेत्रपाटीमा स्थापना गरेको आइसोलेसनमा सम्पर्क गर्न र अक्सिजन अभाव भएसमेत संघसँग सम्पर्क गर्न अध्यक्ष बस्नेतले आग्रह गरे । हिमालय सीमापार बाणिज्य संघले पनि चौतारा अस्पताल र तातोपानी भन्सार कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, वरिष्ठ सचिव भक्त पराजुली र सदस्य सिंहबहादुर श्रेष्ठले चौतारा अस्पतालका अध्यक्ष ईश्वरी श्रेष्ठलाई कोभिड–१९ रोकथामका लागि १० हजार थान मास्क, ६५ लिटर स्यानिटाइजर र २० थान पीपीई सेटलगायत स्वास्थ्य सामग्री सहयोगस्वरूप हस्तान्तरण गरे । तातोपानी भन्सार कार्यालय पुगेर भन्सार कार्यालय मजदुर संघ, सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बल र सीमा प्रहरी चौकीलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । संघले चीनसँगको सीमानाका क्षेत्र तथा सरकारी अस्पतालमा स्वास्थ्य सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउँदै जाने जनाएको छ ।

अक्सिजनको माग बढ्यो,अक्सिजन लिन उद्योग धाउँदै अस्पतालहरु

अस्पतालमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै गएपछि अस्पतालहरुलाई अक्सिजन धान्न मुश्किल परेको छ । अस्पतालमा उपचारका लागि आउने कोरोना सङ्क्रमित बिरामीहरुको लागि अक्सिजनको आवश्यकता बढेपछि काठमाडौँ उपत्यकामा रहेका अस्पतालहरु काभ्रेमा रहेको अक्सिजन उद्योगमा अक्सिजन लिनको लागि धाउने क्रम बढेको छ । अक्सिजनको सिलिण्डर बोकेर काठमाडौँ उपत्यकामा रहेका अस्पतालहरु काभ्रेको पनौती नगरपालिका–५ ढलमलेमा रहेको नवज्योती ग्यासेस प्रालिमा अक्सिजन लिन आउनेको घुँईचो लागेको छ । ‘जिल्लामा रहेको अक्सिजन उद्योगमा दैनिक रुपमा सयौँ सिलिण्डर अक्सिजन उपलब्ध गराइ दिनुप¥यो भन्दै आउने अस्पतालहरुको सङ्ख्या थुप्रै रहेको छ’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । उहाँले उद्योगको क्षमताभन्दा धेरै अक्सिजनको माग आइरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले उद्योगमा काठमाडौँको बिर अस्पताल, शिक्षण अस्पताल, नेपाली सेनाको अस्पताल, शसस्त्र प्रहरी अस्पताल, अल्का अस्पताल, नागरिक अस्पताललगायतका थुप्रै अस्पतालबाट अक्सिजन उपलब्ध गराइदिन फोनहरु आउने गरेको बताउनुभयो । उहाँले जिल्लामा रहेको धुलिखेल अस्पाल, शिरममोरियल अस्पताललगायतका अस्पतालमा समेत सोही उद्योगबाट अक्सिजन उपलब्ध गराउँदै आएकोले जिल्ला र काठमाडौँबाट आएको माग धान्न मुश्किल हुने बताउनुभयो ।

कोरोना संक्रमितलाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै ‘हाम्रो टिम नेपाल’

काठमाडौं । “हेलो, हजुर अहिले हामी भक्तपुर अस्पतालमा अक्सिजन अभाव भएर २३ वटा सिलिन्डर दिएर फर्किँदै छौँ,” मंगलबार दिउँसो १ः५० बजे फोन गर्दा विमल पन्त भन्दै थिए । हाम्रो टिम नेपालका अध्यक्ष पन्तसहित टिमका सदस्य अहिले यस कार्यमा खटिएका छन् । कतिखेर कुन अस्पताल वा व्यक्तिबाट फोन आउँछ भनेर उनीहरु कुरेर...