बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ ।
पर्याप्त अक्सिजन सहितका सिलिन्डर नहुँदा संक्रमितको उपचारमा समस्या देखिएको हो ।
अस्पतालका अनुसार संक्रमितको संख्या बढ्दै गएपछि दैनिक करीब १८० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ ।
अस्पतालको अक्सिजन प्लान्टको ५० वटा मात्रै सिलिन्डर भर्न सक्ने क्षमता छ । बिरामीलाई आवश्यक अक्सिजन जुटाउन स्थानीय प्रशासनसँग हरेक दिन समन्वय गर्नुपर्ने अवस्था छ । पुरानो भवनका १४४ शय्यामा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ ।
अस्पतालमा कोभिडका लागि जनरल...