काठमाडौं । सत्तारुढ गठबन्धन निकट किसान संगठनहरूले किसानहरूलाई उच्च प्राथमिकताका साथ कोभिडको खोप प्रदान गन माग गरेका छन् । बुधबार विहान सात वटा किसान संगठनले संयुक्त विज्ञप्ति जारी गरी कोभिड प्रभावित किसानहरूलाई राहतका कार्यक्रमहरू पनि घोषणा गर्न माग गरेका हुन् । उत्पादनका लागि सहज वातावरण सिर्जना गर्न र देशलाई आसन्न खाद्य संकटबाट जोगाउन उनीहरुले सरकारसँग माग गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । पूर्ववर्ती केपी ओली सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग विघटन गरिनु स्वभाविक भएको उनी