खलङ्गा । प्युठानको स्वर्गद्वारी नगरपालिका–८ मौधारामा राष्ट्रिय जनमोर्चाको गाउँ समिति गठन भएको छ ।
राजमो नगर सदस्य घनबहादुर जिएम, खोपबहादुर राउत र वडा इन्चार्ज शिव पन्थीको विशेष उपस्थितिमा २०७७ माघ १३ गतेका दिन सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
थम्मन पुनको अध्यक्षता, बेगम थापाको सञ्चालनबाट अघि बढेको उक्त भेलामा उपस्थित जनसमुदायलाई मोहनलाल थापाले स्वागत गर्नुभएको थियो ।
भेलाले बेगम थापाको अध्यक्षतामा नौ पूर्ण चार वैकल्पिक गरी जम्मा १३ सदस्यीय राष्ट्रिय जनमोर्चाको गाउँ समिति गठन गरेको छ । जसमा उपाध्यक्ष थम्मन पुन, सचिव सावित्रा थापा, कोषाध्यक्ष शान्ता कुँवर, सहसचिव गङ्गाराम थापा, सदस्यहरू कृष्णा थापामगर, रूमा थापामगर, मोहन थापा, भानु थापा तथा वैकल्पिक सदस्यहरूमा गाइत्रा थापा, जानकी केसी, भुपालसिंह पुन र खिमा थापा रहनुभएको छ ।
नवनिर्वाचित समितिलाई मिनराज पुन र डिलबहादुर पुनले बधाई दिनुभएको थियो ।